इराकमा आइएसको आक्रमण, सात प्रहरीको मृत्यु-Sutra News

इराकमा आइएसको आक्रमण, सात प्रहरीको मृत्यु

सोमबार, ८ मंसिर २०७७

सोमबार, ८ मंसिर २०७७

एजेन्सी- इराकको सलाहुद्दिन प्रान्तमा आइएसले गरेको आक्रमणमा सात प्रहरी मारिएका छन् ।



शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए ।

त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ । यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । उक्त स्थानमा पछिल्ला केही दिनदेखि आइएसले आक्रमण तीब्र पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट