काठमाडौं- कतार सरकारले नयाँ नेपाली कामदार लिने भएको छ ।
नोभेम्बर १५ मा सूचना निकालेर कतार सरकारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्न सक्ने बताएसँगै कतारमा रहेको नेपाली दूतावासले पनि आइतबारदेखि मागपत्र प्रमाणीकरणको काम थालेको हो ।
कोरोनाको कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उच्च जोखिमको सूचीमा राखेको थियो । उच्च जोखिममा राखेको देशका नागरिकका लागि नयाँ श्रम पनि खुलाएको थिएन । तर अब भने त्यो प्रतिवन्ध हटाउँदै कतारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक पनि कामका लागि लिने भएको हो ।