पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी आमाको निधन-Sutra News

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी आमाको निधन

सोमबार, ८ मंसिर २०७७

सोमबार, ८ मंसिर २०७७

एजेन्सी- पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफकी आमा बेगम सामिम अख्तरको आइतबार लन्डनमा निधन भएको छ ।



पाकिस्तानको पाकिस्तान मुस्लिम लिग (नवाज) (पिएमएलएन) ले सोमबार विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।

उक्त राजनीतिक दलले दिएको जानकारीअनुसार उनी हाल ९० वर्षको थिए । उनी केही समययतादेखि बिरामी थिए र लण्डनको एक अस्पतालमा उपचार गराइरहेका थिए ।

सो दलका उप सचिव अताउल्लाह तरारले बेगमको शव केही दिनमा उनको गृह नगर पाकिस्तानको लाहोर ल्याइँदै छ र अन्त्येष्टि गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट