प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता-Sutra News

प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

सोमबार, ८ मंसिर २०७७

सोमबार, ८ मंसिर २०७७

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।



नेकपा भित्रको विवाद उत्कर्षमा पुगेकै बेला प्रचण्डलाई भेट्न राजदूत यान्छी सोमबार बिहान खुमलटार पुगेकी हुन् । भेटमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बताइएको छ । भेटमा राजदूत यान्छीले चीनका राष्ट्रपति सी जिङफिङले लेखेको पछिल्लो किताब प्रचण्डलाई उपहार दिएकी थिइन् ।

यसअघि मंसिर २ गते साँझ राजदूत यान्छीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा पुगेर भेटवार्ता गरेकी थिइन् ।

नेकपामा विवाद चर्किएका बेला यसअघि पनि राजदूत यान्छीले सक्रियता देखाउने गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट