कांग्रेस सांसद पाण्डेले लिए सपथ-Sutra News

कांग्रेस सांसद पाण्डेले लिए सपथ

सोमबार, ८ मंसिर २०७७

सोमबार, ८ मंसिर २०७७

काठमाडौं- समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका स्याङ्जाका मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।



पाण्डेलाई सभामुख अग्निप्रसाद सापकोटाले सपथ गराएका हुन् । गत कात्तिक १७ मा प्रतिनिधिसभा सदस्यसूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त रहेको थियो ।

केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी गराएको थियो । रिक्त पदमा कांग्रेसले पाण्डेलाई चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट