संसद् अधिवेशन शुरु गर्नका लागि छलफल हुँदैछः सभामुख सापकोटा-Sutra News

संसद् अधिवेशन शुरु गर्नका लागि छलफल हुँदैछः सभामुख सापकोटा

सोमबार, ८ मंसिर २०७७

सोमबार, ८ मंसिर २०७७

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरू तयार रहेको बताएका छन् ।



कांग्रेस सांसद मोहन पाण्डेको सपथपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले कोरोना कहरकाबीच समयमा संसद् चलाउन विभिन्न विकल्पसहित तयारी अवस्थामा रहेको बताएका हुन् ।

‘सकेसम्म चाँडै संसद् राख्नका लागि छलफल हुँदैछ, संसद् सञ्चालनका लागि धेरै विकल्पहरू एक, दुई, तीन गरेर सबै तयारी गरिएको छ’ सभामुख सापकोटाले भने ।

हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सापकोटाले बताए । बजेट पारित गरेपछि अन्त्य गरिएको संसद् अधिवेशन अहिलेसम्म आह्वान गरिएको छैन ।

संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट