भारतीय विदेश सचिवको नेपाल भ्रमण मिति तय, परराष्ट्र भन्छ– उच्चस्तरीय भ्रमणको निरन्तरता-Sutra News

भारतीय विदेश सचिवको नेपाल भ्रमण मिति तय, परराष्ट्र भन्छ– उच्चस्तरीय भ्रमणको निरन्तरता

सोमबार, ८ मंसिर २०७७

सोमबार, ८ मंसिर २०७७

काठमाडौं- भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङलाको नेपाल भ्रमणको मिति तय भएको छ । श्रृङला दुई दिने नेपाल भ्रमणका लागि मंसिर ११ गते बिहीबार काठमाडौं आउने भएका हुन् ।



श्रृङलाको नेपाल भ्रमणको औपचारिक घोषणा आज परराष्ट्र मन्त्रालयले गरेको छ । ‘परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङलाले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्दै हुनुहुन्छ,’ मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

श्रृङलाको नेपाल भ्रमण दुई देशबीच हुने उच्च स्तरीय भ्रमणको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार भ्रमणको पहिलो दिन दुई देशका विदेश सचिवबीच द्विपक्षीय बैठक हुनेछ, जहाँ नेपाल-भारत सहयोगको सबै क्षेत्रमा छलफल हुनेछ ।

त्यस्तै, मंसिर ११ गते नै भारतीय विदेश सचिवले नेपालका उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाटसमेत गर्ने जनाइएको छ । श्रृङला नेपाल भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट