पाकिस्तानका शैक्षिक संस्थाहरु फेरि बन्द गरिँदै, परीक्षा स्थगित-Sutra News

पाकिस्तानका शैक्षिक संस्थाहरु फेरि बन्द गरिँदै, परीक्षा स्थगित

मंगलबार, ९ मंसिर २०७७

मंगलबार, ९ मंसिर २०७७

एजेन्सी- कोरोन भाइरसको संक्रमण  बढेपछि पाकिस्तानमा फेरि शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ ।



सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने भएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।

शैक्षिक संस्थाहरु बन्द हुने भएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

वर्ल्डोमिटर्सका अनुसार पाकिस्तानमा मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ३ लाख ७६ हजार ९२९ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट