इजरायली प्रधानमन्त्री नेतान्याहु र साउदी युवराज सल्मानबीच गोप्य भेटवार्ता-Sutra News

इजरायली प्रधानमन्त्री नेतान्याहु र साउदी युवराज सल्मानबीच गोप्य भेटवार्ता

मंगलबार, ९ मंसिर २०७७

मंगलबार, ९ मंसिर २०७७

एजेन्सी- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले र साउदी अरबका राजकुमार मोहम्मद बिन सल्मानबीच गोप्य भेटवार्ता भएको छ ।



साउदी राजुकमार मोहम्मद बिन सल्मानसँग आइतबार उनले गोप्य भेटवार्ता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इजरायली सार्वजनिक प्रसारण संस्थासहितका सञ्चार माध्यमहरुले नेतान्याहु र सल्मानसको भेटवार्तालाई सोमबार महत्वका साथ प्रकाशित तथा प्रसारित गरेका छन् ।

साउदी अरब गठबन्धन, संयुक्त अरब इमरेट्स र बहराइनसँग ऐतिहासिकरुपमा आपसी सम्वन्धलाई सामान्य अवस्थामा पुर्‍याउने गरी सम्झौता भएपछि यो भेटवार्ता भएको हो ।

अब्राहम सम्झौताकोरुपमा चिनिने यस सम्झौताका बारेमा उनले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग पनि छलफल गरेका थिए ।

छलफलका लागि पोम्पेओ अघिल्लो हप्ता इजरायल पुगेका थिए । उनीहरुको भेटवार्तालाई निकै महत्वपूर्ण र अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट