प्रिमियर लिगमा बर्नलीको पहिलो जित-Sutra News

प्रिमियर लिगमा बर्नलीको पहिलो जित

मंगलबार, ९ मंसिर २०७७

मंगलबार, ९ मंसिर २०७७

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले पहिलो जित हात पारेको छ । जारी सिजनको आठौँ खेल समाप्त हुँदा बर्नलीले पहिलो जित निकालेको हो । सोमबार राति भएको खेलमा बर्नलीले क्रिस्टललाई १-० गोल अन्तरले पराजित गर्‍यो ।



घरेलु मैदानमा बर्नलीलाई जित दिलाउन क्रिस उडले निर्णायक गोल गरे । खेलको आठौं मिनेटमा उडले निर्णायक गोल गरेका थिए । जितसँगै बर्नली ८ खेलमा एक जितसहित ५ अंक जोडेर १७औँ स्थानमा छ । क्रिस्टल ९ खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट