इलाम- इलाम जिल्लाको सन्दकपुर गाउँपालिका-५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) जौवारी स्थापना भएको छ ।
नम्बर एक प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषिराज्य मन्त्री राम रानाले सोमबार आयोजित एक समारोहका बीच उक्त बीओपीको उद्घाटन गरेका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध काम कारबाहीहरूमा परिचालित हुनेछ ।
ईलाम सदरमुकामदेखि करीब ३९ किलोमिटरको दूरीमा नेपाल-भारत सीमानाकाभन्दा करीब १ किलोमिटर वर स्थापना गरिएको उक्त बीओपीमा सोमबारबाट नै दैनिक कार्य सुचारु गरिएको छ ।