भारतमा १ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु-Sutra News

भारतमा १ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु

मंगलबार, ९ मंसिर २०७७

मंगलबार, ९ मंसिर २०७७

काठमाडौं- भारतमा १ लाख ३४ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४७८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार २५१ पुगेको हो ।



पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ३७ हजार ३२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९१ लाख ७७ हजार ६४१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ३ हजार ४६३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट