बाइडेनलाई सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार-Sutra News

बाइडेनलाई सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार

मंगलबार, ९ मंसिर २०७७

मंगलबार, ९ मंसिर २०७७

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरणका लागि औपचारिक प्रक्रिया सुरु गर्न स्वीकार गरेका छन् । 



ट्रम्पले ट्विट गर्दे सत्ता हस्तान्तरणको निगरानी गर्न संघीय निकाय जनरल सर्भिसेस् एडमिन्स्ट्रिेशन (जिएसए) लाई ‘आवश्यक प्रक्रिया सुरु गर्न’ भनेका छन् । तर आफ्नो लडाइँ अझै जारी रहने ट्रम्पको भनाइ छ । 

ट्रम्पले नियुक्त गरेका प्रशासक इमिली मर्फीले प्रक्रियागत ढिलाइ गर्न ह्वाइट हाउसबाट कुनै दबाव नआएको बताएकी छन् । 

उता, जिएसएले बाइडनलाई ‘स्पष्ट विजेता’ को रुपमा स्वीकार गरेको जनाएको छ । मिशिगन राज्यमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रुपमा प्रमाणित भएपछि मत परिणामलाई चुनौती दिने डोनाल्ड ट्रम्पको अभियानमा धक्का लागेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट