ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पूरा, थप सेवा सुविधा विस्तार गर्ने-Sutra News

ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पूरा, थप सेवा सुविधा विस्तार गर्ने

मंगलबार, ९ मंसिर २०७७

मंगलबार, ९ मंसिर २०७७

काठमाडौं- अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनीद्वारा सञ्चालित अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सञ्चालनको एक वर्ष पूरा गरेसँगै ट्याक्सीमाण्डुले आफ्ना सेवा सुविधालाई थप व्यवस्थित र विस्तार गर्ने प्रालिका प्रवन्ध निर्देशक अर्जुन केसीले जानकारी दिए ।



ट्याक्सीमाण्डुले सञ्चालनमा आएको एक वर्ष पूरा गरेको उपलक्ष्यमा विभिन्न प्रतिबद्धतासहित मंसिर महिनाभरका लागी केही आकर्षक छुटसहितका स्कीमहरू ल्याएको केसीले जानकारी दिए ।

‘ट्याक्सीमाण्डुले ल्याएका स्कीमहरू ट्याक्सी चालक तथा यात्रुको फाइदामा लक्षित छन्, जसमध्ये ट्याक्सी चालकहरुले मंसिर महिनाभर ० प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन्,’ ट्याक्सीमाण्डु प्रालिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो महिनाभर ट्याक्सी चालकले एप प्रयोग गरेवापत ट्याक्सीमाण्डुलाई कुनै पनि कमिसन दिनुपर्ने छैन । त्यस्तै, एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा रु. ५० रुपैयाँ छुट पाउनेछन् । छुटका लागी यात्रुले ट्याक्सीमाण्डुको प्रोमो कोड प्रयोग गर्नुपर्नेछ ।

यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्कीम पनि ल्याएको छ । यो स्कीम अन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरूले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नुपर्नेछ । एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५० रुपैयाँ पाउनेछन् ।

त्यस्तै, मंसिर महिनाभर ट्याक्सीमाण्डु एपमार्फत १ सय वटा ट्रीप गर्ने ट्याक्सी चालककले १ हजार रुपैयाँ बोनस पाउने व्यवस्था पनि मिलाइएको जनाएको छ ।

यसबाहेक ट्याक्सीमाण्डुले आफ्नो एपमा आवद्ध चालक तथा सेवाग्राहीप्रति थप जिम्मेवार बन्दै कोभिड – १९ को संक्रमण फैलन नदिन सचेत बनेको जानकारी दिएको छ ।

सेवाग्राही यात्रुवर्गलाई कसरी सुरक्षित यात्रा गराउने भनेर समय समयमा विभिन्न चेतनामूलक सन्देश प्रवाह गर्नुका साथै आफूसँग आवद्ध सबै चालकलाई समय समयमा समन्वय गरी काउन्सिलिङ पनि गर्दै आइरहेको छ ।

त्यस्तै, ट्याक्सीमाण्डु एप प्रयोग गरेर सेवा दिइरहेका ट्याक्सीहरुमा कोरोनाबाट जोगिन विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले बनाएको मापदण्डको पूर्णरुपमा पालना गर्ने जनाएको छ ।

उपभोक्तालाई सहज ट्याक्सी सेवा उपलब्ध गराउने उद्देश्यले गत वर्षदेखि नेपालमा एपमा आधारित वा कल सेन्टरमा फोन गरेर ट्याक्सी बुक गरी सेवा लिन सकिने गरी ट्याक्सीमाण्डु सञ्चालनमा आएकोे हो ।

यसमार्फत ट्याक्सी चालक र यात्रुको नागरिकता, लाइसेन्स र फोन नम्बर कम्पनीमा रजिष्ट्रर हुने भएकोले चालक र यात्रु दुवैलाई कुनै प्रकारको जोखिम नहुने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट