सांसद प्रभु साहले वितरण गरे ८ सय ग्यास सिलिन्डर-Sutra News

सांसद प्रभु साहले वितरण गरे ८ सय ग्यास सिलिन्डर

बुधबार, १० मंसिर २०७७

बुधबार, १० मंसिर २०७७

रौतहट- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ अध्यक्ष एवं संघीय सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्रमा मंगलबार आठ सय ग्यास सिलिन्डर चुल्हा वितरण गरेका छन् ।



निर्वाचन क्षेत्रलाई धुँवामुक्त बनाउने चुनावी प्रतिवद्धता पुरा गर्दै साहले गरुडा नगरपालिका ५ महम्मदपुरमा सिलिन्डर चुल्हो वितरण गरेका हुन् ।

साह रौतहट क्षेत्र नम्बर ३ बाट लोकप्रिय मतसहित चुनावमा विजयी भएका थिए । सिलिन्डर र चुल्हो वितरण गर्न आयोजित कार्यक्रममा सहभागी संघीय सांसद समिना हुसेनले सांसद साहको धुवाँ मुक्त क्षेत्र बनाउने अभियानलाई महाअभियान भएको बताइन् । 

संघीय संसदको चुनावमा साहले आफ्नो क्षेत्रका सबै घर परिवारलाई धुँवामुक्त बनाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट