अफगानिस्तानको बामियान शहरमा बम विस्फोट, १७ को मृत्यु, ५० घाइते-Sutra News

अफगानिस्तानको बामियान शहरमा बम विस्फोट, १७ को मृत्यु, ५० घाइते

बुधबार, १० मंसिर २०७७

बुधबार, १० मंसिर २०७७

एजेन्सी- अफगानिस्तानमा बम विष्फोट भएको छ । बामियान शहरमा भएको विस्फोटमा १७ जनाको मृत्यु भएको छ । ५० भन्दा बढी मानिस घाइते भएका छन् ।



विस्फोटटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत छन्। मंगलबार त्यहाँका राष्ट्रपति असरफ घानी क्षेत्रीय सहयोग संगठनको बैठकमा सहभागी भइरहेका बेला विस्फोट भएको हो । 

बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तमध्ये एक हो । स्थानीय अधिकारीका अनुसार बामियान सहरको बीच बजारमा विस्फोट भएको हो । टोलो न्युजका अनुसार अहिलेसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट