Logo

आइतवार, माघ ११ गते २०७७

आज पनि १ हजार रुपैयाँले घट्यो सुन

आज पनि १ हजार रुपैयाँले घट्यो सुन

सूत्र न्यूज

१० मंसिर २०७७
  • 385
    SHARES
  • आज पनि १ हजार रुपैयाँले घट्यो सुन

    काठमाडौं- नेपाली बजारमा आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा १ हजार ८ सयले घटेकामा बुधबार १ हजार रुपैयाँले गिरावट आएको छ ।

    सुनको भाउ दुई दिनमा २ हजार ८ सयले घटेको हो । यससँगै बुधबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    छापावाल सुन मंगलबार ९२ हजार ५ सय र सोमबार ९४ हजार ३ सयमा किनबेच भएको थियो । महासंघका अनुसार मंगलबार तोलाको ९२ हजारमा किनबेच भएको तेजावी सुनको भाउ बुधबार ९१ हजार रुपैयाँ कायम भएको छ ।

    बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको भाउ मंगलबार १ हजार १ सय ८० रुपैयाँ रहेकामा बुधबार १ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ ।


    प्रकाशित :मंसिर १०, २०७७ बुधवार - ११:०८:३८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.