भारतमा कोरोनाबाट २४ घण्टामा ४८१ जनाको मृत्यु-Sutra News

भारतमा कोरोनाबाट २४ घण्टामा ४८१ जनाको मृत्यु

बुधबार, १० मंसिर २०७७

बुधबार, १० मंसिर २०७७

एजेन्सी- भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३४ हजार ६९९ पुगेको छ ।



भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ४४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भारतमा हालसम्म संक्रमितको संख्या ९२ लाख २२ हजार पुगेको छ जसमध्ये ८६ लाख ४२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ४ लाख ४५ हजार व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार अठारौं दिन हो । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ४८ लाख ४१ हजार नमूना परीक्षण गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट