अबिलम्ब संसद अधिवेशन आह्वान गर्न कांग्रेस सांसद डा. संग्रौलाको माग-Sutra News

अबिलम्ब संसद अधिवेशन आह्वान गर्न कांग्रेस सांसद डा. संग्रौलाको माग

बुधबार, १० मंसिर २०७७

बुधबार, १० मंसिर २०७७

काठमाडौं- कांग्रेस नेतृ तथा सांसद डा.डिला संग्रौलाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक कलहले जनताको आवाज थुनिएको आरोप लगाएकी छिन् । वर्षे अधिवेशन दुई महिना नहुँदै अन्त्य गरेर सरकारले स्वेच्छाचारिता प्रकट गरेको आरोप उनले लगाएकी छिन् । 



‘नेकपा पार्टी र सरकारको आपसी अन्तरकलह, किचलो र वैमनस्यताले गत बैशाख २६ गते प्रारम्भ भएको संसदको वर्षे अधिवेशन २ महिना नपुग्दै हठातरूपले १८ असारमा जनप्रतिनिधिमूलक सर्वोच्च संस्था संसदको अन्त्यगरी सरकार स्वच्छचारी रूपले अघि बढ्यो’

‘जनताप्रति जवाफदेही नभई लोकतान्त्रिक प्रक्रियालाई कुल्चिइ निरंकुशताको बाटोमा अग्रसर हुनु आपत्तिजनक छ’, बुधबार सामाजिक सञ्जालमा विचार व्यक्त गर्दै भनिन्, ‘संसदलाई छल्दै भटाभट अद्यादेश ल्याउने कार्यले संविधानको मर्ममा आघात पुर्याइएको हुँदा अबिलम्ब संसद अधिवेशन आह्वान गरी जनताको आवाजलाई मुखरित गरियोस् । निरंकुशताको शैलीले हैन की संविधान र लोकतान्त्रिक पद्धतिको मान्यतामा दृढ भै संसदबाट कुनै पनि समस्याको हल खोजियोस् । संसद अधिवेशन बोलाउन आनाकानी नगरियोस् ।’

कोरोना भाइरसको महामारीले सिर्जित समस्या र कुशासनद्वारा आक्रान्त आम नागरिकको आवाजलाई जनप्रतिनिधिहरूले संसदमा बुलन्द गर्ने बाटो बन्द भएको उनको भनाइ छ । नागरिकतादेखि कर्मचारीसम्मका थुप्रै महत्वपूर्ण विधेयकलाई थाती राख्न बाध्य पारिएको उनले बताएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट