नेकपा विभाजन हुने अवस्थामा पुग्दैन: मन्त्री त्रिपाठी-Sutra News

नेकपा विभाजन हुने अवस्थामा पुग्दैन: मन्त्री त्रिपाठी

बुधबार, १० मंसिर २०७७

बुधबार, १० मंसिर २०७७

परासी- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नहुने बताएका छन् ।



स्वतन्त्र राजनीतिक समूह नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) ले आज परासीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा रहेका मन्त्री त्रिपाठीले नेकपा विभाजन हुँदा देशको समग्र प्रणाली र संविधान नै ध्वस्त हुने खतरा रहेकाले विभाजनको अवस्थामा नपुग्ने विश्वास व्यक्त गरे ।

आयोजक समूहका संयोजक त्रिपाठीले भने, ‘अहिलेको आवश्यकता भनेको वैचारिक/राजनीतिक बहस हो, वैचारिक बहस भएमा मुलुक सही दिशातर्फ अग्रसर हुन्छ ।’ अर्को प्रसंगमा मन्त्री त्रिपाठीले राजनीतिक सहमति जुटेपछि संसद्को आगामी अधिवेशन बोलाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट