अनाथ भएँ भनेर चिन्ता गर्नुपर्दैन, राज्य छ: प्रधानमन्त्री ओली-Sutra News

अनाथ भएँ भनेर चिन्ता गर्नुपर्दैन, राज्य छ: प्रधानमन्त्री ओली

बिहिबार, ११ मंसिर २०७७

बिहिबार, ११ मंसिर २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कसैले पनि साहाराविहिन भएँ भन्ने अवस्था सिर्जित नहुँने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आज बिहीबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले अनाथ वा सहाराविहीन भएँ भन्नु नपर्ने बताएका हुन् ।



अनाथ वा सहाराविहीन हुनु दुःखको कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै नागरिकको साथमा सरकार रहेको बताए ।

‘अनाथ भएँ भनेर, रेखदेख गर्ने कोही छैन भन्नुपर्ने अवस्था छैन । सहारा छैन भन्नुपर्दैन । सरकार छ । राज्य छ,’ ओलीले भिडियो सन्देशमा भनेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट