एजेन्सी- फुटबलर डिएगो म्यारोडानाको निधनमा अर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक मनाउने भएको छ ।
६० वर्षको उमेरमा बुधबार निधन भएका म्यारोडोनाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रपति कार्यालय कासा रोजारामा राखिनेछ । त्यहाँ सर्वसाधारणले तीन दिनसम्म श्रद्धाञ्जली अर्पण गर्न सक्छन् ।
लियोनेल मेस्सी, रोनाल्डोलगायतका खेलाडीले म्यारोडोनालाई श्रद्धाञ्जली दिएका छन् । ब्राजिलका महान खेलाडी पेलेले म्यारोडोनाको निधनबाट विश्वले महान खेलाडी गुमाएको र आफूले नजिकको आफ्नो साथी गुमाएको प्रतिक्रिया दिएका छन् ।