बर्दिवास घटना छानविन गर्न सरकारद्वारा तीन सदस्यीय समिति गठन-Sutra News

बर्दिवास घटना छानविन गर्न सरकारद्वारा तीन सदस्यीय समिति गठन

शुक्रबार, १२ मंसिर २०७७

शुक्रबार, १२ मंसिर २०७७

काठमाडौं- गृह मन्त्रालयले महोत्तरीको बर्दिवासमा प्रहरीको गोली लागेर एक व्यक्ति मृत्यु भएको घटना छानबिनका लागि समिति गठन गरेको छ । बर्दिवास नगरपालिका १४, महोत्तरीका शहीद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको सोमबार मध्यराति बोरामा हालिएको अवस्थामा घर नजिकैको खेतमा शव भेटिएको थियो ।



खातुनको हत्याको विषयलाई लिएर भएको प्रदर्शनमा स्थानीय बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर घाइते भएका न्यौपानेको उपचारका क्रममा काठमाडौं मृत्यु भएको थियो ।

घटनापछि प्रदर्शन जारी रहेपछि आन्दोलनरत पक्ष र स्थानीय प्रशासनबीच बालिकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्ने, आन्दोलनका क्रममा मंगलबार मृत्यु भएका बुद्धिराज न्यौपानेको परिवारलाई क्षतिपूर्ति दिने, घटनाका दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा मृतकलाई सहिद घोषण गर्ने चार बुँदे सहमति भएको थियो ।

आन्दोलन रोकिएसँगै गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको हो । उपसचिवको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट