विप्लव समूहको गतिविधि बढेपछि हुम्लाका गाउँ-गाउँमा सुरक्षा गस्ती-Sutra News

विप्लव समूहको गतिविधि बढेपछि हुम्लाका गाउँ-गाउँमा सुरक्षा गस्ती

शुक्रबार, १२ मंसिर २०७७

शुक्रबार, १२ मंसिर २०७७

हुम्ला- पछिल्लो समय हुम्ला जिल्लामा राज्यबाट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको गतिविधि बढेको आशंकामा तीनवटै सुरक्षा निकायले आफ्नो गस्ती परिचालनलाई बढाएको छ । जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले संयुक्तरूपमा नागरिकको सुरक्षाका लागि गाउँस्तरसम्म पहिलोपटक गस्ती परिचालन सुरु गरेको छ ।



सशक्तरूपमा सुरक्षा सतर्कता बढाउन संयुक्त टोली मंसिर ६ गतेदेखि विकट गाउँमा सुरक्षा गस्ती गर्न थालेको सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी नायब उपरीक्षक मोहन विष्टले जानकारी दिए । पहिलोपटक मंीसर ६ गतेदेखि जिल्ला सदरमुकामबाट परिचालित टोली तल्लो क्षेत्रको सर्केगाडलगायतका गाउँसम्म गस्ती गरेर सिमकोट फिर्ता भएको छ भने पुनः जाने तयारी भइरहेको विष्टले जानकारी दिए ।

पन्ध्र नेपाल प्रहरी र १५ सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मीको टोलीले केही दिन अगाडि गाउँसम्मै गस्ती गरेर सदरमुकाम फिर्ता भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयले हुम्ला हरपल जनताको सुरक्षा लागि सधैँ तत्पर रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर केही दिनमा पुनः गाउँस्तरसम्म गस्ती परिचालन गरिने भएको छ । केही दिन अगाडि सदरमुकाम सिमकोटस्थित कृषि विकास कार्यालयको मूलगेटमा दुईवटा सकेट बम राखिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आफ्नो गस्तीलाई बढाएका छन् । गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको हुम्लामा पहिलोपटक हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट