१७०३ कोरोना संक्रमित थपिए, २३ को मृत्यु-Sutra News

१७०३ कोरोना संक्रमित थपिए, २३ को मृत्यु

शुक्रबार, १२ मंसिर २०७७

शुक्रबार, १२ मंसिर २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १७ सय तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।हालसम्म संक्रमित हुनेको संख्या दुई लाख २९ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



यसैगरी १२ सय ३६ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । हालसम्म दुई लाख नौ हजार चार सय ३५ जना निको भइसकेका छन् । हाल देशभर १७ हजार २३७ जना सक्रिय संक्रमित रहेका छन् । 

यसैगरी यो अवधिमा थप २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर हालसम्म मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट