ज्ञानेन्द्रले जिते कोरोना-Sutra News

ज्ञानेन्द्रले जिते कोरोना

शुक्रबार, १२ मंसिर २०७७

शुक्रबार, १२ मंसिर २०७७

काठमाडौं- राष्ट्रिय क्रिकेट टीमका कप्तान ज्ञानेन्द्र मल्ल कोरोना संक्रमणबाट मुक्त भएका छन् । शुक्रबार स्टार अस्पतालमा कोरोना परीक्षण गराएका उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।



`मलाई कुनै संक्रमण र समस्या देखिएन । चिकित्सकसँगको सल्लाह पछि आज दोस्रोपटक पीसीआर परीक्षण गराएको थिएँ । जुन नेगेटिभ आएको छ,´ कप्तान मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको अभ्यास सुरु गर्नु अघि खेलाडीहरूको पीसीआर परिक्षण गराएको थियो । जसमा कप्तान मल्लसिहत उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई पनि संक्रमण पुष्टि भएको थियो ।

उनले आफूलाई माया गर्ने समर्थकलाई धन्यवाद भन्दै लेखेका छन्,`कोभिड-१९ लाई हल्का रुपमा नलिनुहोस् । यसको संक्रमणपछि तपाईंले शारीरिक समस्यामात्रै होइन मानसिक तनाव पनि झेल्नु पर्ने हुन्छ । त्यसैले सावधानी अपनाउनुहोस् ।´

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट