पार्टीसँगको सम्बन्ध राम्रो नभए सरकारले जनअपेक्षाअनुसार काम गर्न सक्दैन: मन्त्री भुसाल-Sutra News

पार्टीसँगको सम्बन्ध राम्रो नभए सरकारले जनअपेक्षाअनुसार काम गर्न सक्दैन: मन्त्री भुसाल

शनिबार, १३ मंसिर २०७७

शनिबार, १३ मंसिर २०७७

चितवन- कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले पार्टीसँगको सम्बन्ध राम्रो नभए सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्ने बताएका छन् ।



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको अगुवा कार्यकर्तासँग उनले पार्टीभित्र भएको किचलोको कारण सरकारले काम गर्न नसकेको बताए ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भुसालले भने, ‘गत मंसिर ४ गते सचिवालय बैठकले पार्टीलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्ने र सरकार अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष चलाउने भनेर मात्र म मन्त्री भएको हो । पार्टीभित्रको समस्या समाधान भयो भन्ने लागेर मन्त्री भएँ, तर अवस्था अहिले पनि उस्तै छ ।’

‘अहिलेको अवस्थाजस्तै पार्टी र सरकारबीचको किचलो रहेमा समाजवादतर्फ मुलुकलाई लैजान सक्दैनौँ’, उनले भने । ‘पार्टी आफैं राम्ररी संगठित भएर त्यो पार्टीले निर्देशन गरेको दिशामा सरकार हिँडेन भने त्यसले समृद्धि र समाजवाद ल्याउन सक्दैन, कामचलाउ काम मात्र गर्दछ’, मन्त्री भुसालको भनाइ थियो ।

पार्टीबीचको गुटबन्दीको अन्त्य नगरेसम्म सरकारले काम गर्न नसक्ने भन्दै उनले भने, ‘अब यो या त्यो समूहको भन्दै गुटबन्दी नगरी पार्टी हितमा लाग्नका लागि सबैलाई आग्रह गर्दछु ।’ कृषि क्षेत्रलाई पर्याप्त बजेट नछुट्याएका कारणले काम गर्न नसकेको मन्त्री भुसालले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट