शरणार्थी व्यवस्थापनका लागि सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्र संघ-Sutra News

शरणार्थी व्यवस्थापनका लागि सुडानलाई १५ करोड डलर आवश्यक : राष्ट्र संघ

आइतबार, १४ मंसिर २०७७

आइतबार, १४ मंसिर २०७७

एजेन्सी-इथियोपियाको टाइग्रेबाट सुडान पुगेका  शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको संयुक्त राष्ट्र संघले जनाएको छ ।



राष्ट्रसंघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले खाद्यान्न, बसोबास तथा कपडाको व्यवस्थापनका लागि १५ करोड डलर जरूरी रहेको बताएका हुन् ।

इथियोपियाको संघीय बल तथा त्यस क्षेत्रको सत्तासिन दलबीच नोभेम्बर ४ मा सुरु द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् ।

इथियोपियाको अति गरिब क्षेत्र टाइग्रेमा लगातार भीडन्त भइरहेका र झडपका कारण हजारौँ इथियोपियाली नागरिक सुडान प्रबेश गरेका हुन् ।

सुडानका शक्तिशाली शासक ओमार अल बसीरलाई सन् २०१९ मा सत्ताच्युत गरिएपछि सुडान अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट