अमेरिकामा थप १ लाख ४३ हजारमा कोरोना पुष्टि-Sutra News

अमेरिकामा थप १ लाख ४३ हजारमा कोरोना पुष्टि

आइतबार, १४ मंसिर २०७७

आइतबार, १४ मंसिर २०७७

अमेरिका- अमेरिकामा थप १ लाख ४३ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएको अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ४३ हजार ३७३ जनामा संक्रमण पुष्टि भएको छ ।



पछिल्लो बृद्धिसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड ३६ लाख १० हजार ३५७ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ८० लाख ४१ हजार २३९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ५२ लाख ९६ हजार ८६४ जनामध्ये २४ हजार ६४७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ७२ हजार नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार २१६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ७२ हजार २५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट