Logo

बुधवार, माघ ७ गते २०७७

भारतविरूद्धको एकदिवसीय सिरिज अष्ट्रेलियालाई

भारतविरूद्धको एकदिवसीय सिरिज अष्ट्रेलियालाई

सूत्र न्यूज

१५ मंसिर २०७७
  • 197
    SHARES
  • भारतविरूद्धको एकदिवसीय सिरिज अष्ट्रेलियालाई

    एजेन्सी- भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको उपाधी घरेलु टिम अष्ट्रेलियाले जितेको छ । सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगाबै सिरिज जितेको हो ।

    सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको ३ सय ९० रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८ रन मात्र बनाउन सक्यो । भारतका लागि कप्तान विराट कोहलीले ८९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् ।

    यस्तै केएल राहुलले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा श्रेयस एयरले ३८ रन बनाए । अष्ट्रेलियाका लागि पाट कुमिन्सले ३ विकेट लिए । जोस हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको थियो । सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाको फराकिलो स्कोरमा स्टिभ स्मिथले शतकीय इनिङ्स खेले ।

    लगातार दोस्रो खेलमा शतक बनाएका स्मिथले १ सय ४ रन बनाए । पहिलो खेलमा स्मिथले १ सय ५ रन बनाएका थिए । यस्तै डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेल्दै ८३ रन बनाए । मार्नुस लाबुसेनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान आरोन फिन्चले ६० रनको अर्धशतकीय इनिङ्स खेले । अर्धशतकीय इनिङ्स खेलेका ग्लेन म्याक्सवेल ६३ रनमा अविजित रहे ।

    भारतका मोहमद शामी र हार्दिक पाण्डयले १/१ विकेट लिए । जितसँगै अष्ट्रेलियाले आईसीसी पुरुष क्रिकेट विश्वकप सुपर लिग अन्तर्गत रहेको ३ खेलको सिरिजमा २-० को अग्रता समेत बनाएको छ । दुई टिमबीचको तेस्रो एकदिवसीय खेल बुधबार हुनेछ ।


    प्रकाशित :मंसिर १५, २०७७ सोमवार - ०७:२१:४५

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.