इण्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट-Sutra News

इण्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट

सोमबार, १५ मंसिर २०७७

सोमबार, १५ मंसिर २०७७

इण्डोनेसिया- इण्डोनेसियामा शक्तिशाली ज्वालमुखी विस्फोट भएको छ । इण्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तको इली लेभेतलो भएको ज्वालामुखी विस्फोटपछि २६ गाउँका २ हजार ७ सय ६० जनाले घर छाडेको अल्जजिराले जनाएको छ । विस्फोटमा कोही हताहत भएको जानकारी प्राप्त भएको छैन ।



ज्वालामुखी विस्फोटपछि ४ किलोमिटर उचाइसम्म धुवाँ र खरानीको मुस्लो देखिएको थियो । ज्वालामुखी विस्फोटपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन जारी गरिएको छ । तत्काललाई हवाइ उडान बन्द गरिएको छ ।

समुद्री सतहबाट १ हजार १८ मिटर उचाइमा विस्फोट भएको ज्वालामुखी आसपासबाट २ किलोमिटरको क्षेत्रसम्म कुनै गतिविधि नगर्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट