Logo

बुधवार, माघ ७ गते २०७७

नक्कली नोटसहित कञ्चनपुरमा एक पक्राउ

नक्कली नोटसहित कञ्चनपुरमा एक पक्राउ

सूत्र न्यूज

१५ मंसिर २०७७
  • 228
    SHARES
  • नक्कली नोटसहित कञ्चनपुरमा एक पक्राउ

    कञ्चनपुर- नक्कली नोटसहित भीमदत्त नगरपालिका–१८ का २४ वर्षीय दीपक नाथलाई आज प्रहरीले पक्राउ गरेको छ ।

    हजारका दरका तीन थान नक्कली नोटसहित नाथलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।

    स्थानीय पसलमा सामान खरिद गर्ने क्रममा नाथले नक्कली नोट दिएको पाइएपछि पक्राउ गरिएको उनले बताए । पक्राउ परेका नाथमाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

     


    प्रकाशित :मंसिर १५, २०७७ सोमवार - ०७:२५:१४

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.