काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको भाउ तोलामा क्रमशः ७ सय र ३० रुपैयाँले घटेको छ । आइतबार सुन र चाँदीको भाउ क्रमशः ६ सय र १५ रुपैयाँले घटेको थियो ।
महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ७ सयमा किनबेच भएको छापावाल सुनको भाउ ९० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको भाउ तोलाको ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
आइतबार १ हजार १ सय ५० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ सोमबार १ हजार १ सय २० मा झरेको छ ।