बंगलादेशमा १७ करोड बढीले बोक्छन् मोबाइल-Sutra News

बंगलादेशमा १७ करोड बढीले बोक्छन् मोबाइल

सोमबार, १५ मंसिर २०७७

सोमबार, १५ मंसिर २०७७

बंगलादेश- बंगलादेशमा मोबाइल फोन प्रयोगकर्ताको संख्या अक्टोबरको अन्त्यसम्म १६ करोड ८० लाख पुगेको दूरसञ्चार नियमनकारी संस्थाले सोमबार सार्वजनिक एक तथ्यांकमा उल्लेख गरिएको छ ।



मुस्लिम बहुल यस मुलुकमा सन् २०२० को १० महिनामा मात्र २५ लाख मोबाइल प्रयोगकर्ता थप भएका बंगलादेश दूरसञ्चार नियामक आयोग (बीटीआरसी) ले उल्लेख गरेको छ ।

बीटीआरसीका अनुसार बंगलादेशमा अक्टोबरसम्म कूल १६ करोड ८० लाख ६९ हजार मोबाइल प्रयोगकर्ता रहेका छन् । चार मोबाइल फोन कम्पनी रहेका छन् भने तीमध्ये तीन कम्पनीले विदेशी लगानीमा सेवा प्रवाह गर्दै आएका छन् ।

अक्टोबरको अन्त्यसम्ममा ग्रामीफोन, रोबी एक्साइटा, बंगललिंक र राज्यको स्वामित्व रहेको टेलिटकका क्रमशः सात करोड ८१ लाख २१ हजार, पाँच करोड चार लाख १३ हजार, तीन करोड ४९ लाख १७ हजार र ४६ लाख १८ हजार मोबाइल फोन प्रयोगकर्ता रहेको बीटीआरसीका् तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट