राजतन्त्र फर्काउने कसैको सपना पूरा हुँदैन : अध्यक्ष साह-Sutra News

राजतन्त्र फर्काउने कसैको सपना पूरा हुँदैन : अध्यक्ष साह

मंगलबार, १६ मंसिर २०७७

मंगलबार, १६ मंसिर २०७७

सिरहा- नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैको सपना पूरा नहुने बताएका छन् ।



पार्टी कार्यक्रमका लागि सिरहा आइपुगेका अध्यक्ष साहले मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भए पनि अहिलेका जनता सचेत भइसकेकाले ती शक्तिको सपना पूरा हुन नदिने बताए ।

उनले आर्थिक अपारदर्शिता र महिला हिंसाविरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी पनि दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट