अमेरिकामा एक हप्ताभित्रै कोभिड-१९ बाट १० हजारको मृत्यु-Sutra News

अमेरिकामा एक हप्ताभित्रै कोभिड-१९ बाट १० हजारको मृत्यु

बुधबार, १७ मंसिर २०७७

बुधबार, १७ मंसिर २०७७

वासिङ्टन- कोरोना भाइरसबाट अमेरिकामा एक सातामा १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७७ हजार नाघेको छ । पछिल्ला दिनहरुमा अमेरिकाका विभिन्न राज्य एवं शहरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ ।



अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ४१ लाख पुगिसकेको छ जसमध्ये ८३ लाख ३३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विश्वभर कोरोनाबाट १४ लाख ८६ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

विश्वविद्यालयका अनुसार विश्वभर ६ करोड ४१ लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने ४ करोड ४४ लाख ४२ हजार संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट