महाधिवेशन तोकिएको समयमा हुनुपर्छ: रामचन्द्र पौडेल-Sutra News

महाधिवेशन तोकिएको समयमा हुनुपर्छ: रामचन्द्र पौडेल

बुधबार, १७ मंसिर २०७७

बुधबार, १७ मंसिर २०७७

तनहुँ- कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बताएका छन् । कांग्रेसले २०७७ फागुन ७–१० मा महाधिवेशन गर्ने मिति तोकेको छ ।



नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफूले आन्तरिकरुपमा संघर्ष गरिरहेको बताए ।

‘प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘ त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टीभित्रै लडाइँ गरिरहेको छु ।’

पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा नै महाधिवेशन हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट