बेलायतले दियो कोरोनाविरुद्ध फाइजरको खोपलाई प्रयोगका लागि अनुमति-Sutra News

बेलायतले दियो कोरोनाविरुद्ध फाइजरको खोपलाई प्रयोगका लागि अनुमति

बुधबार, १७ मंसिर २०७७

बुधबार, १७ मंसिर २०७७

बेलायत- बेलायतले कोरोनाविरुद्ध फाइजरको खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । फाइजर बायोटेक खोप प्रयोगका लागि अनुमोदन गर्ने विश्वको पहिलो देश बेलायत बनेको छ । 



सरकारले बुधबार स्वतन्त्र मेडिसिन र हेल्थकेयर उत्पादन नियामक एजेन्सी (एमएचआरए) ले फाइजर–बायोटेकको कोभिड-१९ खोप प्रयोग लागि स्वीकृत प्रदान गर्न गरेको सिफारिसलाई अनुमोदन गरेकाे बेलायत सरकारलाई उधृत गर्दै अलजजिराले उल्लेख गरेको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले खोप कार्यक्रम आगामी सातादेखि सुरु हुने बताएका छन् । उनले भनेका छन् ‘यो धेरै सुखद समाचार हो ।’

यस खोप ९५ प्रतिशत प्रभावकारी रहेको छ । उच्च प्राथमिकतामा रहेका व्यक्तिहरुलाई खोप दिन सुरु हुन सक्छ । बेलायतले पहिले नै ४० मिलियन डोज खोप अर्डर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट