तनहुँ प्रशासनद्वारा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार-Sutra News

तनहुँ प्रशासनद्वारा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार

बुधबार, १७ मंसिर २०७७

बुधबार, १७ मंसिर २०७७

तनहुँ- तनहुँको दमौलीमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न १२ बजेदेखि निषेधाज्ञा जारी रहेका बेला कांग्रेस कार्यकर्ताको टोली निषेधाज्ञा तोड्दै अगाडि बढ्न खोजेपछि झडप भएको हो ।



बुल्दी खोलामा निर्माण सम्पन्न भएको पुलको उद्घाटनका लागि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत कांग्रेस कार्यकर्ताको टोली अगाडि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरीले कांग्रेस वरिष्ठ नेता पौडेललाई उक्त ठाउँबाट सुरक्षित रुपमा प्रहरी कार्यालयभित्र ल्याएर राखेको छ ।

पूर्वाधार निर्माण कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि त्यसको विरोध गर्दै आजै बिहान राष्ट्रिय युवा संघले विरोधको कार्यक्रम गरेको थियो ।

लगत्तै झडप हुन सक्ने स्थितिलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट