रामचन्द्र पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत: देउवा-Sutra News

रामचन्द्र पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत: देउवा

बुधबार, १७ मंसिर २०७७

बुधबार, १७ मंसिर २०७७

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुरव्र्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका छन् ।



गृहजिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त घटनापछि विज्ञप्ति जारी गर्दै देउवाले घटनालाई आपत्तिजनक र निन्दनीय भएको बताएका हुन् । उनले वरिष्ठ नेताको गिरफ्तारी र सरकारको प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने उनले चेतावनी दिएका छन् ।

‘जिल्ला व्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ,’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भर्त्सना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु।’

सरकारको अधिनायकवादी आकांक्षाको जगमा पौडेललाई गिरफ्तार गरिएको भन्दै घटनाप्रति विरोध प्रकट गरेका छन् । उनले अधिनायकवादी अभीष्ट पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनीसमेत उनले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट