हिरासतमुक्त भएपछि पौडेलको प्रतिक्रिया- प्रहरी शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजियो -Sutra News

हिरासतमुक्त भएपछि पौडेलको प्रतिक्रिया- प्रहरी शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजियो 

बुधबार, १७ मंसिर २०७७

बुधबार, १७ मंसिर २०७७

दमौली- निषेधाज्ञा तोडेका आरोपमा आज अपराह्न प्रहरी कार्यालयमा राखिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल साढे तीन घण्टापछि छाडिएका छन् ।



तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामा निर्माण भएको पक्की पुल उद्घाटन गर्न जाने क्रममा निषेधाज्ञा तोडेका आरोपमा अपराह्न २ बजे सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएका वरिष्ठ नेता पौडेल साढे ५ बजे मुक्त भएका हुन् ।

प्रहरीले वरिष्ठ नेता पौडेल, कांग्रेस जिल्ला कार्यवाहक सभापति जीतप्रकाश आलेसहित १२ जनालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले पुल उद्घाटन कार्यक्रममा सहभागी हुन जाने क्रममा नियन्त्रणमा लिइएकामा आपत्ति जनाए ।

‘तनहुँमा भएको घटनाप्रति देशभर निन्दा भइरहेको छ’, उनले भने, ‘उक्त घटनाको जति विरोध गरे पनि कम हुन्छ ।’ प्रहरी शक्तिको दुरुपयोग गरी कांग्रेसलाई निषेध गर्न खोजिएको भनी उनले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट