सोमालियाली सेनाको कारबाहीमा ६ आतंककारी मारिए-Sutra News

सोमालियाली सेनाको कारबाहीमा ६ आतंककारी मारिए

बिहिबार, १८ मंसिर २०७७

बिहिबार, १८ मंसिर २०७७

काठमाडौं- सोमालियाको मारा आद्दे क्षेत्रमा सोमालिया राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी अल शबाबमा छ जना लडाकू मारिएका सेनाका कमाण्डरले बुधबार पुष्टि गरेका छन् ।



अल शबाबका लडाकू समूह जबरजस्ती अति बढी कर उठाएको आतंकको विरोध अभियान सुरु भएपछि ती लडाकहरुको विरोधमा सैनिक कारबाही सुरु भएको सोमालिया डिभिजनका कमान्डर मोहम्मद ताहिल बिहीबार बताएका छन् ।

सेनाले ती लडाकू समूह लुक्ने ठाउँलक्षित गरी सुरु गरेको कारबाहीको क्रममा सेना र आतंककारीबीचको भएको भीषण झडपमा परी ६ जना अल शबाबका लडाकू मारिएका ताहिल बताएका छन् ।

सेनाले तीन जना अल शबाब लडाकूहरूलाई पक्राउ गर्नुको साथै उनीहरूले प्रयोग गरेका अखाडाहरूलाई ध्वस्त पारेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट