भारतमा कोरोना संक्रमित ९५ लाख बढी-Sutra News

भारतमा कोरोना संक्रमित ९५ लाख बढी

बिहिबार, १८ मंसिर २०७७

बिहिबार, १८ मंसिर २०७७

नयाँदिल्ली- भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ । कूल संक्रमित ९५ लाख ३४ हजार ९६५ पुगेको हो ।



संक्रमितमध्ये हालसम्म ८९ लाख ७३ हजारजना निको भइसकेका छन् । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ मात्र छ । २४ घण्टामा ५२६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३८ हजार ६४८ पुगेको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १४ करोड ३५ लाख नमूना परीक्षण गरिएको जनाएको छ । भारतमा विगत २६ दिनदेखि ५० हजारभन्दा कम व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लो पटक गत नोभेम्बर ७ मा ५० हजार व्यक्ति संक्रमित भेटिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट