वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोला पुल उद्घाटन-Sutra News

वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे बुल्दीखोला पुल उद्घाटन

बिहिबार, १८ मंसिर २०७७

बिहिबार, १८ मंसिर २०७७

काठमाडौं- कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोला पुल उद्घाटन गरेका छन् । बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम आज पौडेलले नै रिबन काटेर पुल उद्घाटन गरेका हुन् । तनहुँ व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने तय भएको थियो ।



सत्तारूढ दल नेकपाका कार्यकर्ताले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । प्रशासनले निषेधाज्ञासमेत जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेललाई हिजो तीन घण्टा तनहुँ प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

कांग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको हो । कांग्रेसले आज जिल्लाभरका नेता कार्यकर्तालाई पुल उद्घाटन क्षेत्रमा उतारेको छ । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेललगायत पनि तनहुँ पुगिसकेका छन् । पुल उद्घाटन अघि जिल्ला पार्टी कार्यालय दमौलीबाट जुलुस निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट