पाकिस्तानमा कोभिडका संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो-Sutra News

पाकिस्तानमा कोभिडका संक्रमित बढ्दै, सक्रिय संक्रमितको संख्या ५० हजार नाघ्यो

शुक्रबार, १९ मंसिर २०७७

शुक्रबार, १९ मंसिर २०७७

इस्लामावाद- पाकिस्तानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्थानीय अधिकारी र सो मन्त्रालयले राजधानी इस्लामावादसहित अरु पनि शहरहरुमा पछिल्लो समयमा यस भाइरसका संक्रमितहरु बढ्न थालेको जनाएका हुन् ।



बिहीबार मात्र अधिकारीहरुले दिएको जानकारीमा कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या ५१ हजार ६५४ जना पुगेको छ । अधिकारीहरुले कोरोना भाइरसको दोस्रो वेभ आएको पनि बताएका छन् । जसबाट यहाँका नागरिकमा पछिल्लो समयमा भाइरसको त्रास बढ्दै गएको पाइएको छ ।

राष्ट्रिय जियो टेलिभिजन संस्थाले दिएको जानकारीअनुसार गएको २४ घन्टामा मात्र पाकिस्तानमा तीन हजार ४९९ जना नयाँ संक्रमित थपिएका छन् । पाकिस्तानका सञ्चारमाध्यमहरुले पाकिस्तानमा पछिल्लो समयमा भाइरसका संक्रमितहरु बढ्न थालेका र यहाँ कोरोना भाइरसको सेकेन्ड वेभ आएको बताएका छन् ।

संक्रमितहरुको संख्या ४ लाख छ हजार ६१६ पुगेको यहाँका स्थानीय अधिकारी तथा स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध तथ्यांकहरुमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट