क्यानडाले जनवरीदेखि आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप दिने-Sutra News

क्यानडाले जनवरीदेखि आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप दिने

शुक्रबार, १९ मंसिर २०७७

शुक्रबार, १९ मंसिर २०७७

ओटावा- क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्ना नागरिकलाई कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका हुन् ।



‘यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,’ उनले भने । उनलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी निकायको उपाध्यक्षको रुपमा नियुक्त गरेको थियो ।

सरकारी अधिकारी र सेनासँग मिलेर त्यस सम्बन्धी काम गर्ने जिम्मेवारी समेत उनलाई दिइएको छ । उनले डिसेम्बर ७ देखि यस सम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पूरा हुने पनि विश्वास व्यक्त गरे ।

क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १२ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट