पछिल्लो २४ घण्टामा थपिए १ हजार २ सय ७२ जना कोरोना संक्रमित-Sutra News

पछिल्लो २४ घण्टामा थपिए १ हजार २ सय ७२ जना कोरोना संक्रमित

शुक्रबार, १९ मंसिर २०७७

शुक्रबार, १९ मंसिर २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ५ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रमित संक्रमित छन् भने ५ सय ३७ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट