कांग्रेसले २९ गते देशव्यापी प्रदर्शन गर्ने-Sutra News

कांग्रेसले २९ गते देशव्यापी प्रदर्शन गर्ने

शुक्रबार, १९ मंसिर २०७७

शुक्रबार, १९ मंसिर २०७७

काठमाडौं- कांग्रेसले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउलगायतका विषयमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेल पक्राउ परेपछि आक्रोशित बनेको कांग्रेसले यही मंसिर २९ गते देशव्यापी रुपमा प्रदर्शन गर्ने भएको हो ।



शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

कांग्रेसले देशमा व्याप्त भ्रष्टाचार, कोरोना भाइरस संक्रमणविरुद्ध सरकारको अकर्मण्यतालगायतका विषयमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिए । 

कांग्रेसले नेकपा नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना संक्रमणविरुद्ध आवश्यक र अत्यावश्यक काम गर्न नसकेको लगायतका निष्कर्ष निकालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट