काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले यही मंसिर २९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सवका लागि प्राप्तमध्ये ३० कविका कविता छनोट गरेको छ ।
देशभरबाट प्राप्त ५०२ कवितामध्ये छनोट समितिको पहिलो चरणको मूल्याङ्कनका आधारमा ती कविता छानिएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।
प्रतियोगितामा वाचनका लागि १० प्राप्ताङ्क तय गरिएको छ । हरेक वर्ष असार ९ गते हुँदै आएको प्रतियोेगिता कोभिड–१९ का कारण पछि सरेको हो ।