सत्तारुढ नेकपा सचिवालय बैठक सुरु-Sutra News

सत्तारुढ नेकपा सचिवालय बैठक सुरु

शनिबार, २० मंसिर २०७७

शनिबार, २० मंसिर २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेका अलग-अलग प्रस्तावमाथि छलफल भइरहेको छ ।  



प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली अनुपस्थित भएकै कारण गत मंगलबार बसेको सचिवालय बैठक केही बेर बसेर स्थगित भएको थियो । आजको बैठकमा ओली सहभागी छन् । 

गएको कात्तिक २८ मा कार्यकारी प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए । त्यसपछि दश दिनका लागि स्थगित भएर बसेको बैठकमा ओलीले जवाफ पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट